टिकट काउन्टरमा प्रहरीको छड्के, ११ जना पक्राउ
काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीले अग्रिम बुकिङ्ग टिकट सुरु गरेको थियो। सोही क्रममा यात्रुले रातभर लाइनमा बसेर पनि २ दिनमै बुकिङ्ग टिकट रित्याए।
त्यसपछि यातायत व्यवसायीले नयाँ बस थप्यो। नयाँ बस थपेपछि टिकट काउण्टरमा बढी भाडा लिएको यात्रुहरुको गुनासो आएपछि प्रहरी अनुगमन सुरु गर्यो।
बिहीबार महानगरीय प्रहरी महाशाखाले सादा पोसाक प्रहरी खटाई चाबहिल र कोटेश्वर स्थित टिकट काउन्टरहरू अनुगमन गर्दा बढी भाडा लिई टिकट काटिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, गौशाला र प्रभाग, कोटेश्वर बुझाईएको छ। यसअघि पनि ९ जनालाई नियन्त्रण लिएर कानुनी कारवाही गरिसकेको प्रहरीले जनाएको छ।
चाहविल टिकट काउण्टरबाट ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हलेसी सिङदेवी यातायात प्रालिबाट खोटाङको दिक्तेल गाउँपालिका ७ दिनेश राउत, साझा खोटाङ यातायात प्रालिबाट हलेसीकै धनिन्द्र राई, चंचलादेवी यातायात सुमो प्रालिबाट ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ७ बस्ने राजु केसी, हलेशी सगरमाथा यातायात प्रालिबाट ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ८ का रबिन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै नोबेल यातायात सुमो प्रालिबाट खोटाङ ऐसेलुखर्क गाउँपालिका २ का साजन श्रेष्ठ, गेट वे यातायात प्रालिबाट
सोलुखुम्बु खुम्बुपासाङल्यामु गाउँपालिका १ का प्रकाश मगर, तुवाचुङमारातिका सुमो यातायात प्रालिका खोटाङ हलेसीतुवाचुङ नगरपालिका का टेकेन्द्र राई, लोकप्रिय एसी हायस यातायातबाट उदयपुर कटारी नगरपालिका ७ का अन्जन तामाङ र तुवाचुङमारातिका सुमो यातायात प्रालिबाट खोटाङ हलेसीतुवाचुङ ७ का डेगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै कोटेश्वर स्थित टिकट काउन्टरबाट बढी भाडा असुल गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनौलो ईन्द्रेणी यातायात सेवा प्रालिका मोरङ उर्लाबारी नगरपालिका १० का पूर्ण प्रसाद सिवाकोटी र उदयपुर यातायात प्रालिबाट उदयपुर त्रियुगा नगरपालिका १ का बिर बहादुर चौलागाईलाई पक्राउ गरेको जनाएको छ।
Facebook Comment