खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

डिसी नेपाल
१६ असोज २०७६ २१:२६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ।

बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध पाँच/पाँच हजार जरिवाना गरेको हो। ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए।

त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्कालै खान अयोग्य सामग्री फिर्ता गर्न लगाएको थियो।

ती पसलका सञ्चालकलाई स्पष्टीकरण र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *