दक्षिण एशियाली मुलुकको विकासका लागि सबै देशहरुबीच सुुमधुर सम्बन्ध हुनुपर्ने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चारलगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड दिए।
उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्यमागले समेत यसमा असर पार्ने बताए। दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए।
अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुविच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने बताए।
यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउँदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यबाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा बताए।
गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिनसक्ने बताउँदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आव्हान गरे।
सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव वाँष्लबलअष्लन न्बउ पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (ख्न्ँ) लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए।
भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए।
उनले नेपालमा सार्वजनिक ऋणको अंशकुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ँष्कअब िक्उबअभ भएको बताए।
माननीय अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्रीविलवर रोस, भारतका वाणिज्यमन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्नो भनाई राखे।
उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो ।
कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराएका थिए।
विश्व आर्थिक मञ्चका अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभलिन सक्नुपर्ने बताए।
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुनआएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका समकक्षी वित्तमन्त्री निर्मला सीतारमण बीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भई उनीहरु बीचद्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको थियो।
Facebook Comment