सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

डिसी नेपाल
२१ असोज २०७६ १९:०४

काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन्।

पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन्। ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिन्थे।

“मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु”, उनले भने।

अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिन्थे। उनले आगामी वर्ष पनि नेपालमा आएर दशैँ मनाउने बताए। सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक ध्रुव गिरीले बताए। उनले भने, “पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ।”

“विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक मेरिकोलले भने। चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन्।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *