शनि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह

एजेन्सी । हाम्रो सूर्यमण्डलले उपग्रहहरूको सङ्ख्याको आधारमा नयाँ विजेता ग्रह पाएको छ । वैज्ञानिकहरूले शनिको थप २० वटा चन्द्रमाहरू पत्ता लगाएसँगै अब शनिको चन्द्रमाहरूको सङ्ख्या ८२ पुगेको छ, जसले वृहस्पति र यसका ७९ चन्द्रमाहरूलाई पछि पारेको छ ।
हाम्रो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह वृहस्पति आफ्नो चन्द्रमाहरूको सङ्ख्याका आधारमा शनिभन्दा पछाडि परेतापनि बृहस्पतिसँग सबैभन्दा ठुलो चन्द्रमा(उपग्रह) छ । बृहस्पतिको ‘ग्यानिमीड’ नामक उपग्रह करिब पृथ्वीको आधा आकारको रहेको छ ।
प्रतिक्रिया
Facebook Comment