चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि…

काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र रौतहटका राजकुमार ठाकुर पक्राउ परेका छन्।
उनीहरुलाई आवश्यक कार्बाही र अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा यही असोज २५ गते शनिबार चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदैछन्।
सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ। जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने जनाइएको छ ।
Facebook Comment