आश्रमका असहायसँगै राधिका आमाको दशैंँ

डिसी नेपाल
२३ असोज २०७६ २१:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहायसँग दशैँ मनाएकी छन्।

आश्रममा रहेका असहायहरुलाई टीका लगाई भोजन गराएर उनले ५० हजार सहयोग गरेको आश्रमका प्रदेश संयोजक सुमन वर्तोलाले जानकारी दिए।

उनका अनुसार शाक्यले यसअघि पनि पटक–पटक सहयोग गर्दै आएकी छन्। उनीलाई आश्रम परिवारले राधिका आमा भनेर सम्बोधन गर्ने गरेका छन्।

सो क्रममा उनले नेपाल सरकारले बेसाहारामक्त राष्ट्र बनाउने सङ्कल्प लिएको स्मरण गर्दै सरकारको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे।

निवास्र्थ समाजको भलाइको लागि लागेको समूहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौँं भन्ने भावना जागेर आउने भन्दै उनले मानवसेवाआश्रम आफ्नो लागिसमेत प्रेरणाको स्रोत बनेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *