आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
२४ असोज २०७६ ९:१८

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिदाका लागि गृह मन्त्रालयले बैठकमा प्रस्ताव लगेको थियो। राष्ट्रपति सी राजकीय भ्रमणका शनिबार नेपाल आउँदैछन्। उनी दुई दिन नेपालमा रहनेछन्।

उनको स्वागतका लागि काठमाडौंलाई बेहली झै सिंगारिएको छ। दुई दिने भ्रमणका क्रममा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *