सडकमा स्वागतको भव्य तयारी

डिसी नेपाल
२५ असोज २०७६ १६:४७

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन्।

सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन्। उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन्।

धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएकोे छ। राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’बाट पाल्नुहुने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ।

यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न वेषभूषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण दिउँसो चार बजे स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *