चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं अवतरण

डिसी नेपाल
२५ असोज २०७६ १६:४५

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति सी चढेको जहाज  नेपाली समय अनुसार ठिक पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी छन्। यसैगरी प्रधानमन्त्री केपी केपी ओली पनि विमानस्थल पुगेका छन्। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु, उच्च पदस्थ अधिकारी राष्ट्रपति सीकाे स्वागतकाे लागि विमानस्थल पुगेका छन्।

विमानस्थलमा नेपाली सेनाले राष्ट्रपति सीलाई गार्ड अफ अनर प्रदान गर्दैछ।

२३ वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि  शनिबार  आएका हुन्। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट नेपाल भ्रमण भएकाे हाे।

सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरेको छ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *