राष्ट्रपति भण्डारीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीको स्वागत

डिसी नेपाल
२५ असोज २०७६ १७:२२

काठमाडौं। दुई दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति शी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी शीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन्।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चपदस्थ नेपाली अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

आफ्ना समकक्षीको स्वागतमा राष्ट्रपति भण्डारीले स्वयम उपस्थिति भएर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई अति उच्च महत्व दिएको सन्देश दिएकी छन्। राष्ट्रपति शी भ्रमणमा पररम्परागत कुटनीतिकभन्दा माथि उठेर राष्ट्रपति र प्रधानमन्त्री स्वयम विदेशी पाहुनाको राजकीय भ्रमणका क्रममा विमानस्थलमै पुगेका हुन्। यस्तो दृष्य नेपालको कुटनीतिक इतिहासमा विरलै देखिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *