राष्ट्रिपति भण्डारी र सीबीच शितल निवासमा वार्ता

डिसी नेपाल
२५ असोज २०७६ १९:२६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शितल निवासमा भेटवार्ता शुरु भएको छ । शनिबार नेपालको दुई दिने राजकीय भ्रमणमा आएका उत्तरी छिमेकी चीनका राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच साँझ वार्ता शुरु भएको हो। यो वार्तापछि सोल्टी होटलमा राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछिन्।

शनिबारै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति सीबीच पनि सोल्टी होटलमा वार्ता हुँदैछ।

शनिबार पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी थिइन्।

विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ नेपाली अधिकारी तथा काठमाडौंस्थित चिनियाँ राजदूत र दूतावासका अधिकारीहरुले राष्ट्रपति सीको स्वागत गरेका थिए।

सिधै सोल्टी होटल पुगेर आराम गरेका सी त्यसपछि वार्ताका लागि शितल निवास पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *