हेल्प नेपालको अन्तर्राष्ट्रिय संयोजकमा भगिरथ योगी चयन
काठमाडौं। परोपकारी संस्था हेल्प नेपाल नेट्वोर्कले आफ्नो २० औं वार्षिकोत्सव (ग्लोबल मीट) मनाएसँगै केही निर्णयसमेत गरेको छ। हेल्प नेपालले शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापनको २० औं वार्षिकोत्सव मनाएका थियो।
ग्लोबल मीट २०१९ ले सबै ग्लोबल च्याप्टर सदस्य रहने गरी हेल्प नेपाल नेटवर्क बेलायतका भगिरथ योगीलाई हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय संयोजक चयन गरेको छ।
उक्त समितीका अन्य पदाधिकारीहरुमा उप संयोजक अभय श्रेष्ठ अमेरिका, सचिव रोशेन्द्र ध्वज खड्का नेपाल र कोषाध्यक्षमा डिला खरेल अष्ट्रेलियालाई चयन गरेको छ।
यसैगरी हेल्प नेपाल नेटवर्क १० करोड अक्षय कोषमा हाल ६ करोड रहेकोमा त्यसलाई सकभर छिटो १० करोड पुर्याउने निर्णय गरेको हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए।
यसैगरी ग्लोबल मीटले संस्थाको आफ्नै भवन निर्माण गर्न पहल गर्ने निर्णय पनि गरेको छ। डा.राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन, हर्ष गौतम सहितको अन्तर्रापष्ट्रिय रणनीतिक संयोजन समिति गठन गरिएको छ।
यो समितिले अन्तर्राष्ट्रियस्तरमा पहल गरी समितिलाई पूर्णता दिने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए।
Facebook Comment