नेपाली काँग्रेसको चियापान कार्यक्रम (भिडियोसहित)

डिसी नेपाल
२६ असोज २०७६ १७:२९

काठमाडौं । नेपाली कांग्रेसले बिजया दशमी, दीपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम भट्टराई सहभागी भएका थिए।

त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पूर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो ।

चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह् आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो । चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो ।

२०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक बर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दे आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *