जिल्ला अस्पतालमा कर्मचारी नहुँदा बिरामी अलपत्र

डिसी नेपाल
२६ असोज २०७६ २०:३०

डोटी । आइतबार बिहानै सर्पले टोकेर घाइते भएकी महिलालाई आफन्तले अस्पताल पुर्याए।

अस्पतालमा रित्तो जस्तै थियो। सबै फाँटहरुमा खाली जस्तै थिए। विरामीहरु चिकित्सक तथा अन्य कर्मचारीहरुको बाटो कुर्दै थिए। अस्पतालमा भएका कर्मचारी अर्को अर्को फाँटमा जान आग्रह गर्दै थिए।

यता सर्पले टोकेको पूर्वीचौकी गाउँपालिका ७ पोखरी बस्ने चाफादेबि साउदको अवस्था चिन्ताजनक थियो।

छट्पटाइ रहेकी चापादेबीको रगत परीक्षण गर्न पनि कर्मचारी नहुँदा विरामीहरु अस्पतालका कर्मचारी बिरुद्ध आक्रोशित बनेका थिए।

गोठालो गएको बेलामा सर्पले टोक्दा गम्भिर घाइते भएकी चापादेबीलाई हतारहतारमा अस्पतालमा पुर्याउदा पनि रगत परीक्षण गर्न कर्मचारी नै नभएको उनका श्रीमान् शंकर साउदले दुखेसो पोखे।

उनले भने, ‘बस्तुभाउ चराउन जाँदा एक्कासी देब्रे खुट्टामा सर्पले डसेपछि हतार हतार गरेर अस्पताल ल्यायौं, यहाँ कर्मचारी नहुँदा अलपत्र परेका छौं।’

जिल्ला अस्पतालका डा. खुर्सित आलम खानले विरामीको रगत परीक्षण गर्ने कर्मचारी दशैं बिदा घर गएकाले सर्पले टोकेको बिरामीलाई बाहिर रिफर गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *