राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

डिसी नेपाल
२६ असोज २०७६ २१:५९

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गरेका छन्।

अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागीका लागि प्रस्थान गरेका हुन्।

नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।

उक्त सम्मेलनमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेल सहभागी हुनेछन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *