रेखा थापाको ‘मालिका’लाई युट्युबमा प्रशंसा

डिसी नेपाल
२७ असोज २०७६ ११:३२

काठमाडौं। हलमा अपेक्षित दर्शक तान्न नसकेको रेखा थापाको फिल्म ‘मालिका’ले युट्युबमा भने सकारात्मक प्रतिक्रिया पाएको छ।

युट्युबमा अधिकांश दर्शकले ‘मालिका’लाई जनचेतनामूलक फिल्म भएको बताएका छन्। यस्ता फिल्मलाई मिडियाले पनि स्थान दिनुपर्ने युट्युब दर्शकले कमेन्ट गरेका छन्। कतिपयले नेपालमा राम्रो फिल्म किन चल्दैन? भनि प्रश्न समेत गरेका छन्। धेरैले महिला शशक्तिकरणमा चलचित्रको माध्यमबाट खेलेको भूमिका अत्यन्तै सर्हानिय रहेको बताएका छन्।

गत वर्ष तिहारमा प्रदर्शनमा आएको ‘मालिका’ यसवर्ष दसैं र तिहारको शुभकामना सहित चार दिनअघ युट्युव रिलिज गरिएको थियो। चलचित्रले छोटो समयमै युट्युबमा १५ लाख बढी भ्यूज बटुल्दै ट्रेन्डिङ नम्बर ५ मा आईपुगेको छ।

‘मालिका’ अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । बालविवाह र महिला सशक्तिकरण सम्बन्धी विषयलाई उठाइएको फिल्मलाई रेखा थापाले निर्देशन गरेकी हुन्। चलचित्रमा रेखाका र कमला वलिको मुख्य भूमिका छ। सरस्वती थापा निर्माता रहेको फिल्ममा नरबहादुर कार्कीको कथा छ। उनि फिल्मको कार्यकारी निर्माता पनि हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *