कञ्चनपुर घटनालाई लिएर जताततै विरोध, प्रधानमन्त्री ओलीको राजीनामा माग

डिसी नेपाल
९ भदौ २०७५ १२:४६

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देशका विभिन्न ठाउँमा प्रर्दशन भएको छ।

बिालिकाको कञ्चनपुर घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

कञ्चनपुर घटना भएको लामो समय भईसक्दा पनि वास्तविक दोषीलाई कारवाही गर्न नसकेको भन्दै शनिबार नेविसंघले काठमाडौंको प्रर्दशनीमार्गमा प्रर्दशन गर्दे प्रधानमन्त्रीको राजीनामा माग गरेको हो। उनीहरुले महिला हिंसा र बलात्कारको घटनाको दोषीलाई फासीको सजाय दिनुपर्ने माग गरेका छन् भने कञ्चनपुरको प्रर्दशनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने जनाएका छन्।

उनीहरुले आफ्ना जनताको जिउधनको रक्षा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए। प्रर्दशनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले कञ्चनपुर घटनाको दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए। उनले सरकार गम्भीर भएर उक्त घटनाको छानविन गर्न माग गरे।

प्रर्दशनकारीले दोषीलाई कारवाहीको माग गर्दे कञ्चनपुरमा गरिएको विरोध प्रर्दशनमा व्यापक प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ती समेत जनाएका छन्। उनीहरुले जनजिविका र जनसरोकारका बिषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *