नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनका विषयमा निर्णय गर्ने

डिसी नेपाल
२८ असोज २०७६ १०:०७

काठमाडौं। सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, सभामुखको निर्वाचन र मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा अनौपचारिक छलफल भयो।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा कम्युनिष्ट पार्टीले अनुशासन, विकास र जनताको मत जित्ने गरी काम गर्न सक्नु पर्ने बताएपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गरेका हुन्।

दुई तिहाइ बहुमतको सरकारले जन आकाक्षाँ अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन्।

कुन कुन मन्त्री परिवर्तन हुने भन्ने यकिन नभए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति भइसकेको छ। संभवतः आज बस्ने सचिवालयको अनौपचारिक बैठकले यो विषयमा ठोस निर्णय गर्ने संभावना छ।

यही विषयमा छलफल गर्न मंगलबार (आज) नेकपाको सचिवालय बैठक बस्दैछ। दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालयको अनौपचारिक बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समीक्षा र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने बताइएको छ।

‘दुई अध्यक्षबीच सोमबार नै मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘आज त्यही विषयमा विस्तृत रुपमा छलफल गर्न सचिवालयको अनौपचारिक बैठक बस्दैछ।’

प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्न दवाब छ। प्रधानमन्त्रीको स्पिरिट अनुसार केही मन्त्रीहरुले काम गर्न नसकेको भन्दै मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्रीमाथि दवाब बढ्दै गएको हो। यसअघि पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा चर्चा हुने गरेको थियो।

अध्यक्ष प्रचण्डले मन्त्रीहरुले सोचे अनुरुप काम गर्न नसकेको भन्दै मन्त्रिपरिषद पुनर्गठन हुने बताएपनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद पुनर्गठन गर्न तयार थिएनन्। तर पछिल्लो समय ओलीले आफूलाई सुधार गर्दै असन्तुष्ट पक्षको सुझावलाई समेत ध्यान दिन थालेका छन्।

प्रधानमन्त्री स्वयं पनि यतिबेला मन्त्रीहरुले सोचे अनुसारको काम गर्न नसकेको भन्दै मन्त्रीहरुप्रति असन्तुष्ट छन्। एक वर्षमा सरकारले आधार निर्माण गरेको र अबका वर्षमा नतिजा देखिने बताएका प्रधानमन्त्रीले सरकार गठन भएको डेढ वर्षसम्म पनि कामको नजिता नदेखिएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

‘कुन कुन मन्त्री परिवर्तन हुने भन्ने यकिन नभए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति भइसकेको छ,’ स्रोतले भन्यो, ‘संभवतः आज बस्ने सचिवालयको अनौपचारिक बैठकले यो विषयमा ठोस निर्णय गर्ने संभावना छ।’




प्रतिक्रिया

One thought on “नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनका विषयमा निर्णय गर्ने

  1. अहिले , अस्ट्रेलिया बाट नेपाल आको Chhetri लाई , नेपालको एयरपोर्टमा , घूस को लागि एकदम प्रोब्लेम गरेच रे। देखने हरुले भनेको हो। त्यसमा , हाम्रो जनजाति पनि छ बाहुनलाई मात्रै म भन्दैन। (१) हामीले बिदेशको भूमिमा , हाड घोटेर कमाउन परनि . नेपालको एयरपोर्टमा बसेर मजाले thousands , thousands डलर चोर्ने ??? हाम्रो जनजातिले पनि बाध्य भएर ( बाहुनले गर्दा ) त्यस्तो चोरी काम गर्छ। (२) नेपालको संसदमा , बिना कारण बिहारीले , कुर्ची फुटौदा , गूहु खायो। अहिले Airport जस्तो Sensitive ठाउँमा , जहाँ 1 मिनेटको पनि महत्व हुन्छ, त्यस्तो ठाउँमा घुमाफिरै thousands thousans dollar घूस खोजिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *