निवर्तमान सभामुख महरा अदालतमा उपस्थित हुँदा (फोटोफिचर)

डिसी नेपाल
२८ असोज २०७६ १७:३२

काठमाडौं । यौन दूव्र्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ।

यही असोज १९ गते पक्राउ परेका महरालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो। सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो। महरा दस दिन हिरासतमा बसिसकेका छन्।

प्रहरीले ३ दिन थुनामा राख्न अदालतसँग अनुमति मागेअनुसार जिल्ला अदालतले सो अनुमति दिएको हो।

महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयानलगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नुपर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *