विश्वकप छनोट चरणको खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित

डिसी नेपाल
२९ असोज २०७६ ६:५९

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३-० ले पराजित भएको हो ।

घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरेका थिए । जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

नेपाललाई हराएसँगै समूह ‘बी’ मा रहेको जोर्डनले ३ खेलमा ७ अंक जोड्दै समूहको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै छनोटमा ४ खेल खेलेको नेपाल ३ खेलमा हार ब्यहोर्दै ३ अंक मात्रै जोड्न सफल भएको छ ।

नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा अपराजित ३ खेल खेलेको अष्ट्रेलिया ९ अंक जोडेर शीर्ष स्थान पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *