स्विडेनसँग बराबरी खेल्दै स्पेन यूरोकपमा छनोट

डिसी नेपाल
२९ असोज २०७६ ९:१५

एजेन्सी । स्पेन युरोकप फुटबलमा छनोट भएको छ । तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो । मंगलबार राति समुह एफको खेलमा स्विडेनसँग १–१ गोलको बराबरी खेल्दै स्पेन अर्को बर्ष हुने प्रतियोगिताका लागि छानिएको हो ।

स्पेनलाई छनोट हुन मात्र १ अंकको आवश्यकता थियो । दोस्रो हाफको ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनको अंक जोडेका थिए । खेलमा अग्रता स्विडेनले लिएको थियो । खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्विडेनलाई अगाडी बढाएका थिए ।

समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्यो । स्पेनले दुई खेल बाँकी छदाँ तेस्रो स्थानको रोमानियासंग ६ अंकको अग्रता लिएको हो । स्पेन युरोकपमा छनोट हुने छैटौ टिम बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन प्रतियोगितामा छनोट भईसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *