आफ्ना सांसद पक्राउप्रति राजपाको आपत्ति, यसरी भएकाे थियाे घटना

डिसी नेपाल
२९ असोज २०७६ १०:२१

काठमाडौं। विमानस्थलमा तोडफोड गरेको आरोपमा आफ्ना सांसद पक्राउ परेपछि राजपा आक्रोशित बनेको छ। यसले जनताको मुद्दा उठाउँदा जनताका प्रतिनिधिलाई पक्राउ गरेर राज्यले विभेद गरेको राजपाले जनाएको छ।

राजपाले आफ्ना सांसद पक्राउको विरोधमा जनता सडकमा उत्रिइसकेको र त्यस्ता विरोधका कार्यक्रममा एैक्यवद्धता जनाउने राजपाले जनाएको छ।

गत सोमबार राजपा सांसद बुद्ध एयरको जहाजमार्फत काठमाडौं आउन भन्दै जनकपुर विमानस्थलमा पुगेका थिए। उनी तीन घण्टासम्म कुर्दासमेत जहाज आएन। सो दिन जहाजबाट काठमाडौं आउने सांसद साह बाहेक अन्य यात्रु पनि थिए, तीमध्ये एक जना मुटुका विमारी थिए। उनलाई डाक्टरहरुले तत्काल काठमाडौं लगेर उपचार गर्न भनेका थिए।

‘मुटुको रोगी बिमारी छटपटाइरहेका रहेछन्। उनीहरुले त्यहाँ सांसद पनि रहेको थाहा पाएपछि जहाज समयमै नआएको कुरा सांसदलाई भनेछन्,’ राजपा महासचिव केशव झाले डिसी नेपालसँग भने, ‘जनताले गुनासो गरेपछि माननीयले यो कुरा एयरलाईन्समा प्रतिनिधिसँग राख्नु भएछ। त्यसपछि पनि सुनुवाई नभएपछि मानननीय (प्रमोद साह) ले काउन्टरमा एक लात्ती प्रहार गर्नु भएको रहेछ।’

एयरलाइन्सका प्रतिनिधिसँग सामान्य भनाभन भएपछि सांसद साह यात्रु प्रतिक्षालयमा गएर बसेको उनले बताए। ‘त्यही बीचमा जहाज आयो। तर, सांसद साहलाई जहाजमा नचढाउने खेल भयो। त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई भनेपछि मात्र उहाँलाई काठमाडौं आउन दिइएछ।’

राजपाले जनताको प्रतिनिधिले जनताको माग उठाउँदा राज्यले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। जहाज समयमै उड्नुपर्छ भनेर माग राख्ने आफ्ना सांसदलाई अपराध नै गरेजस्तो फैजदारी अभियोगको मुद्दा लगाइएको भन्दै आपत्ति जनाएको छ।

राजपाले आफ्ना सांसद पक्राउको विरोधमा कानुनी उपचार खोज्ने चेतावनी पनि दिएको छ।
राजपा सांसद प्रमोद साहलाई सोमबार विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *