सीको भ्रमणपछि नेपाल–भारत–चीन सहकार्यको वातावरण बन्यो : प्रचण्ड

डिसी नेपाल
२९ असोज २०७६ १८:३४

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुनेगरी मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विकसित भएको बताएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको विश्वास पनि व्यक्त गरे। ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ,’ अध्यक्ष दाहालको विश्वास थियो, ‘यसले नेपाललाई उज्वल भविष्यतर्फ डोहो¥याउने सुनिश्चित भएको छ ।’

नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा व्यक्त गरेको सदभाव र विश्वासले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उँचाईमा पु¥याएको पनि बताए। उनले सरकार मुलुकको समृद्धि र विकासको काममा केन्द्रित भएको पनि बताए।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका राजनीतिक दलहरुले नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै त्यसमा आफूलाई गर्व लाग्ने गरेको पनि दोहोर्या।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *