मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : ईश्वर पोखरेल

डिसी नेपाल
२९ असोज २०७६ १९:०८

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन्।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

नेकपाा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रीपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे।

बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए।

‘मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन ।’

उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास पनि व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *