काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै

डिसी नेपाल
३० असोज २०७६ १५:५५

काठमाडौं। नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ।

काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *