सरकारका प्रवक्ता भन्छन्, ‘ट्रम्प र पुटिन आए भव्य स्वागत गर्छौं’

डिसी नेपाल
३० असोज २०७६ १७:५०

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आएमा सरकारले भव्य स्वागत गर्ने बताएका छन्।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा विश्वका शक्ति राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘मिति तोक्न सक्दैनौं समयअनुकुलतामा मिति तोकिन्छन्। शक्ति राष्ट्रका प्रमुखहरुलाई हामीले भव्य स्वागत तथा सम्मान गर्न सक्छौं भन्ने चिनियाँ राष्ट्रपतिको भ्रमणबाट पुष्टि भएको छ।’ उनले अगाडि भने, ‘उहाँहरुलाई हामीले दिने भनेकै सम्मान हो, उहाँहरुलाई हामीले अरु के दिन सक्छौं ररु अरु जे दिनुहुन्छ उहाँहरुले दिनुहुन्छ।

मन्त्री बाँस्कोटाले संसारकै सर्बोच्च शिखर सगरमाथा वार्ताका लागि विश्वका नेताहरुलार्इं नेपाल बोलाउने तयारी भइरहेको बताए ।

शक्तिशाली राष्ट्रका प्रमुखलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रा लागि खुशीको कुरा भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *