नौविसे-नागढुङ्गा सडकखण्ड शुक्रबार बेलुकासम्म एकतर्फी मात्रै चल्ने

डिसी नेपाल
१ कार्तिक २०७६ १२:१६

काठमाडौं। नौविसे–नागढुङ्गा सडकखण्ड शुक्रबार विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी मात्रै आवागमन हुने भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय, धादिङले सुचना निकाल्दै यस्तो जानकारी दिएको हो।

सुचनामा धादिङ जिल्ला धुनिवेशी न.पा.९ स्याउली देखि सिक्रखोला सम्म नौविसे–नागढुङ्गा सडकखण्डमा कालोपत्रे तथा सडक मर्मत कार्य भईरहेकोले उक्त सडकखण्डमा एकतर्फी सवारी आवागमन हुने उल्लेख गरिएको छ।

बेलुकासम्म एकतर्फी मात्रै सवारी आवागमन हुनेभएपछि जिल्ला प्रहरी कार्यालय धादिङले ओभरटेक गरेर सवारी नचलाउन, सडकको नियम पालना गर्न तथा सुझाव र गुनासो भए यात्रु सहायता कक्षमा जानकारी गराउन आग्रह समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *