मारियाको दुई गोलमा पीएसजीको प्रभावशाली जित
एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि प्रभावशाली जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे । नाईसको गनागोले एक गोल गरे । खेलमा अग्रता पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोलबाट लिएको थियो । २१ औ मिनेटमा उनैले पीएसजीको अग्रता दोब्बर पारेका थिए ।
६७ औ मिनेटमा गंनागोले गोल गर्दै घरेलु टोली नाईसलाई खेलमा फर्काउने कोशिश गरे । तर ८८ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ३–१ ले अघि बढाए । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै पीएसजीले ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो ।
दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो । ७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ ।
Facebook Comment