डब्लुसिएलः चितवन र विराटनगरको नजर ‘प्लेअफ’मा
काठमाडौं । वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।
पहिलो खेलमा चितवन राईनोज र पोखरा पल्टन तथा दोस्रो खेलमा क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेल बिहान साढे ९ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा मैदान उत्रँदै गर्दा चितवन र पोखराको लक्ष्य फरक हुनेछ ।
लिगको तेस्रो खेलमा जित निकाल्दै चितवनको लक्ष्य प्लेअफमा पुग्नु रहनेछ भने पोखरा पहिलो जितको खोजीमा रहनेछ । चितवन २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अंक विहिन पोखरा तालिकाको पुछारमा छ ।
दिनको दोस्रो खेलमा दिउँसो साढे १ बजे विराटनगर र काठमाडौं आमने सामने हुनेछन् । विराटनगर अपराजित रहदै दुई खेल अगावै प्लेअफ नजिक पुग्न चाहन्छ भने काठमाडौं समेत प्लेअफकै सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । विराटनगर ४ अंक सहित शीर्ष स्थानमा छ । काठमाडौं २ अक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Facebook Comment