ओसासुनालाई हराउँदै ग्रानाडाले बार्सिलोनालाई उछिन्यो

डिसी नेपाल
२ कार्तिक २०७६ ११:५४

काठमाडौँ । ला लिगा सान्ट्यान्डर अन्तर्गत ग्रानडाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ग्रानडाले ओसासुनामाथि १-० को जित हासिल गरेको छ । ग्रानडाको जितमा डोमीनगोस डुअर्टेले खेलको एक मात्र गोल गरेका थिए । खेलमा ओसासुनाका फ्रान मेरिडाले खेलको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए ।

जितपछि ग्रानडा ९ खेलमा १७ अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई उछिनेको छ । त्यस्तै ओसासुनाले ९ खेलमा ११ अंक हासिल गरेको छ भने अंक तालिकामा ११औ स्थानमा रहेको छ ।

ला लिगामा रियल म्याड्रिड ८ खेलमा १८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना ८ खेलमा १६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ भने एटलेटिको म्याड्रिड ८ खेलमा १५ अंकसहित चौथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *