डर्टमण्डको जित, बायर्न बराबरीमा रोकियो

डिसी नेपाल
३ कार्तिक २०७६ ८:३२

एजेन्सी । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले संघर्षपुर्ण जित निकाल्दा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । डर्टमन्डले शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेग्लावाचलाई १–० ले पराजित गरेको हो ।

डर्टमन्डका जितमा कप्तान मार्को रिउसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो ।

३३औं मिनेटमा थोर्गान हजार्डल गोल गरेपछि भिएआरको सहायताले गोलको मान्यता पाएन । तर, ५८औं मिनेटमा थोर्गान हजार्डकै पासमा कप्तान रिउसले गोल गर्दै डर्टमन्डलाई अग्रत दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड १–० ले विजयी हुन सफल भयो ।

जितसँगै डर्टमन्ड ८ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित मोन्चेग्लावाच समान खेलबाटै १६ अंक जोडेर शीर्षस्थानमा छ ।

यस्तै अर्को खेलमा जित नजिक पुगेर पनि बायर्न म्युनिख अग्ववर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेटमै मार्को रिचटरको गोलबाट बायर्न पछि परेको थियो । १४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए ।

४९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अल्फ्रेड फिनवोगासनले गोल गरेपछि बायर्न जितबाट वञ्चित बन्यो । बराबरीपछि बायर्न १५ अंकसहित तेस्रो स्थानमा छ । अग्सवर्ग ६ अंक जोडेर १५औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *