९५ रनमा खेलिरहेका रोहितले पानी पर्न लाग्दा बादललाई भने–‘एकछिन पर्ख’, भिडियो भाइरल
काठमाडौं। राँचीमा जारी दक्षिण अफ्रिका र भारतबीचको तेस्रो टेस्टको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । हिजो पहिलो दिन भारतले ३ विकेट स्तैमा गुमाएपछि ओपनर रोहित शर्मा र ५ नम्बर ब्याट्सम्यान अजिंक्या राहाणेले इनिङ सम्हालेका थिए । रोहित ९५ रनको स्कोरमा पुगेका बेला आकाशमा बादल छाएको थियो र पानी पर्नै लागेको थियो । त्यही बेला रोहितले आकाशतिर हेरे र बादलसँग भने ‘नट नाव (अहिले होइन) । रोहितको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
Rain Rain go away….
Come again another day..@ImRo45 wants to play…?♂️?
In the ongoing Test series against South Africa…#RohitSharma shouting 'Not now'- as the rain begun to fall- just a ball before his ton!!?
Video : #whatsappwonderbox #Cricket pic.twitter.com/gFh29oOp9g— Priyanka Shukla (@PriyankaJShukla) October 19, 2019
रोचक त के भने रोहितले यसपछि लगत्तै छक्का हान्दै शतक पूरा गरे । बादलले रोहितको शतक रोक्न नसकेपनि हिजोको खेलको अन्तिम सेसन भने रोकिदियो । प्रकाश खराब भएका कारण पछिल्लो सेसन रद्द गर्नुपर्यो । रोहित नटआउट ११७ र राहाणे नटआउट ८३ रनमा हुँदा भारतको स्कोर २२४ रन पुगेको थियो । पहिलो दिनको खेल यहीँ रोकियो ।
यो रोहितको यो सिरिजमा तेस्रो र करिअरमा छैटौं शतक हो । यो खेलमा रोहित एक टेस्ट सिरिजमा सबैभन्दा धेरै छक्का हान्ने ब्याट्सम्यान बनेका छन् । रोहितले कूल १७ छक्का प्रहार गरिसकेका छन् र उनले वेष्ट इण्डिजका शिमरन हेटमेयरको रेकर्ड तोडे । हेटमेयरले २०१८–१९ मा बंगलादेशविरुद्ध एक सिरिजमा १५ छक्का हानेका थिए ।
Facebook Comment