इनरुवा अस्पतालको सरसफाइपछि चर्कियो बहस – ‘अस्पतालमा औषधी पाइन्छ कि रक्सी ?’

डिसी नेपाल
३ कार्तिक २०७६ १६:४८

काठमाडौं। सुन्सरीको इनरुवा अस्पतालको सरसफाइपछि भेटिएका फोहरको फोटो सामाजिक संजालमा शेयर भएपछि अहिले नयाँ बहस चर्किएको छ । सामाजिक संजालमा अस्पतालमा औषधी पाइन्छ कि रक्सी भन्ने प्रश्न र्वत्र उठिरहेको छ । केहीले चिकित्सक नै मदिरा पिएर उपचारमा संलग्न भएपछि बिरामीको उपचार कस्तो होला ? भनी प्रश्न उठाएका छन् ।

हिजो बेलुकी केपी खनाल नामको ट्रवीटर ह्याण्डलबाट यी फोटोहरु पोस्ट भएका थिए । उनले आफ्नो टोलीका केही साथीहरुले इनरुवा अस्पतालको सरसफाइमा यी बोतलहरु भेटिएको बताउँदै हेलो सरकारलाई मेन्सन गरेर सोधेका छन् ‘के अस्पतालमा आजभोलि बियर अनि भोट्का राख्ने ठाउँ बनाइएको हो र ? यस्तो संवेदनशील ठाउ भित्र रक्सिको ब्यापार हुन्छ भने बिरामीको उपचार होस मा गर्छन होला कि बेहोसमा ? सक्दो निकायसम्म खबर पुगोस ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *