विराटनगरलाई फराकिलो अन्तरले पराजित गर्दै चितवन फाइनलमा

डिसी नेपाल
४ कार्तिक २०७६ ६:३९

काठमाडौं । चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।ज्योति पाण्डे र डोली भट्टले समान २१–२१ रन जोडेपनि विराटनगरलाई जित दिलाउन सकिनन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न चितवनकी कविता खड्काले ३ तथा सुमन खतिवडाले २ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । चितवनका लागि काजल श्रेष्ठले ३६ तथा कन्चन श्रेष्ठले ३४ रन बनाईन् । कप्तान इन्दु बर्मा १७ रनमा अविजित रहदा सुमन खतिवडाले १० रन जोडिन । विराटनगरकी सबनम राईले २ विकेट लिईन् ।

जितसँगै अपराजित चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवन प्रतियोगितामा अपराजित रहने एक्लो टिम हो । चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको छ । विराटनगर ४ खेलमा ४ अंक जोडेर तेस्रो भयो ।

४ खेलमा ६ अंक जोडेको क्याट क्विन्स काठमाडौं दोस्रो स्थानमा रहेर प्ले अफमा पुग्यो । अब चितवनले फाइनलमा इलीमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा दोस्रो भएको काठमाडौं र तेस्रो भएको विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा चितवनसँग खेल्नेछ ।

एक एक खेल खेल्न बाँकी पोखरा पल्टन र ललितपुर फाल्कोन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवैले अंक जोड्न सकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *