दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा नेपालको जित

डिसी नेपाल
४ कार्तिक २०७६ १०:४१

काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३(१ को सेटमा हराएको हो। नेपालले युनिभर्सिटी टिमलाई २५–२१, २४–२६, २५–१६ र २५–१९ को सेटमा पराजित गरेको हो ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले शुक्रबार स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो । अब नेपालले मंगलबार थाइल्याण्डको यू–२१ र बिहिबार जापानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *