कश्मीर तनावः सीमावारिपारि गोलाबारी, भारत र पाकिस्तानबीच आरोपप्रत्यारोप
बीबीसी । कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ।
दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्। परमाणुअस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सीमित सङ्घर्ष गरिसकेका छन्। यो वर्ष उनीहरूबीच तनाव धेरै बढेको छ।
फेब्रुअरीमा कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गर्यो। पाकिस्तानमा आधारित जैश-ए-मोहम्मद समूहले भारतपट्टि पुलवामामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो।
अगस्टमा भारतले आफूनियन्त्रित कश्मीरको आंशिक स्वायत्तता खोस्दा पाकिस्तानले त्यसको विरोध गर्यो। पाकिस्तानले भारतको उक्त निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ। भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्छन्।
सन् २००३ मा कश्मीरमा युद्धविराम गर्ने सहमति भएको थियो। तर यस वर्षको तनावले उक्त सहमतिलाई जोखिममा पारेको छ। सीमावर्ती कुपवारा जिल्लाका दुई गाउँमा आइतवार गोलाबारी भएको थियो। तर दुई पक्षले फरकफरक कुरा बताएका छन्।
#WATCH Army Chief General Bipin Rawat on Indian Army used artillery guns to target terrorist camps in PoK: On the basis of reports that we have been getting, 6-10 Pakistani soldiers have been killed, 3 camps have been destroyed. Similar no. of terrorists have also been killed… pic.twitter.com/a19gOD90Ab
— ANI (@ANI) October 20, 2019
पाकिस्तानले गैरसैनिकलाई तारो बनाएको भारतको आरोप छ। उसका अनुसार एक सर्वसाधारण मानिसको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भारतका सेनाप्रमुख विपीन राउतले भारतीय पक्षले लडाकुलाई निसाना बनाएर प्रतिकार गरेको र आफ्नो कारबाहीमा कम्तीमा छ पाकिस्तानी सैनिकको मृत्यु भएको तथा तीनवटा शिविर नष्ट पारिएको सञ्चारमाध्यमलाई बताएका छन्।
तर पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफूरले भारतले युद्धविराम भङ्ग गरेको तथा नियतवश गैरसैनिकहरूलाई तारो बनाएको आरोप लगाएका छन्। उनले आफ्नो प्रतिकारात्मक कारबाहीमा नै भारतीय सैनिकको ज्यान गएको र अरू धेरै घाइते भएको बताए।
Indian unprovoked CFVs in Jura, shahkot & Nousehri Sectors deliberately targeting civilians. Effectively responded. 9 Indian soldiers killed several injured. 2 Indian bunkers destroyed.
During exchange of fire 1 soldier & 3 civilians shaheed, 2 soldiers & 5 civilians injured.— DG ISPR (@OfficialDGISPR) October 20, 2019
भारतको गृह मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा दुई हजारचोटि पाकिस्तानी पक्षबाट विनाकारण युद्धविरामको नियमविपरीत कारबाही गरेको छ। ती घटनामा भारतपट्टि २१ जनाको मृत्यु भएको उसको भनाइ छ। पाकिस्तानका अनुसार यो वर्ष सीमापारि भारतीय पक्षबाट भएको कारबाहीमा १४ सैनिकसमेत ४५ जनाको मृत्यु भएको छ।
Facebook Comment