विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७६ १०:२१

चितवन। नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। लोहनी सो समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ।

केही समय अगाडि विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना नेता कार्यकर्ता दाङबाट पक्राउ परेका थिए। सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिवन्ध लगाएपछि विप्लव समूहका ठूलाे संख्यामा नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *