दक्षिण अफ्रिकाविरुद्धको टेष्ट शृंखला भारतद्वारा क्लिनस्वीप
एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले क्लिनस्वीप गरेको छ । राँचीमा दक्षिण अफ्रिका फ्लो अनमा पर्दै सिरिज नै गुमाएको हो । भारत एक इनिङ्स र २०२ रनले विजयी भयो ।
दोस्रो टेस्टमा पनि अफ्रिका फ्लो अनमा परेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ४९७ रन बनाउँदै पहिलो पारि समाप्त गरेको घोषणा गरेको थियो ।
भारतका लागि रोहित शर्माले दोहोरो शतक सहित २१२ रन बनाएका थिए भने अजिंख्य रहाणेले ११५ रन बनाएका थिए । रविन्द्र जडेजाले ५१ रन बनाउँदा उमेश यादवले ३१ रन जोडे । दक्षिण अफ्रिका पहिलो पारिमा १६२ रनमा अल आउट भएको थियो । पहिलो पारिमा ३३५ रनले पछि परेको अफ्रिका फ्लो जोगाउन दोस्रो पटक ब्याटिङमा उत्रियो ।
तर दोस्रो पारि समेत जोडेर अफ्रिकाले भारतले पहिलो पारिमा बनाएको जति रन बनाउन नसक्दा एक इनिङ्स र २०२ रनले हार व्यहोर्न बाध्य बन्यो । दोस्रो पारिमा अफ्रिका १३३ रनमा अल आउट हुन पुग्यो ।
अफ्रिकाका थेनस डी ब्रुइनले सर्वाधिक ३० रन बनाउँदा जर्ज लिन्डीले २७ रनको योगदान गरे । दोस्रो पारिमा भारतका मोहम्मद सामी तीन विकेट लिँदा उमेश यादव र साहबाज नादिमले दुई-दुई विकेट लिए ।
Facebook Comment