मैत्रीपूर्ण फुटबलका लागि कतार जाने यू–२३ फुटबल टिमको विदाई

डिसी नेपाल
५ कार्तिक २०७६ ११:५६

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार जाने नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमको विदाई गरिएको छ । कतारको दोहामा म्यानमारको यू–२३ टिमसँग हुने मैत्रीपूर्ण खेलका लागि जाने नेपाली टोलीको मंगलबार विदाई गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल र अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतले नेपालीको टोलीको विदाई गरे ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोहामा हुने म्यानमार र नेपालबीचको खेल कात्तिक ८ गते शुक्रबार हुनेछ । २४ खेलाडीसहित ३० सदस्सीय नेपाली टिम बेलुका ९ः४० मा दोहा प्रस्थान गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *