गायक तथा मोडल दुर्गेश थापा पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७६ १३:३६

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा पक्राउ परेका छन् । उनलाई मंगलबार अपराध महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो ।

थापाले देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा काठमाडौंकाे बालाजुबाट पक्राउ गरिएको अपराध महाशाखाका एसपी केदार ढकालले बताए ।

थापाले केहि दिनअघि देउसी भैलोको ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका थिए । गीतले छोटो समयमा नै लोकप्रियता कमाएपनि यसका केही शब्दहरुलाई लिएर युट्युबमा चर्को आलोचना भएको छ ।

नकारात्मक कमेन्ट आएपछि अहिले युट्युबको कमेन्टहरु गायब पारिएको छ । यसैबीच गीतका शब्द तथा भिडियोले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै सोमबार जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

उजुरी परेसँगै प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई छलफलका लागि बोलाएको थियो ।

यो पनि पढ्नुस् :

तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *