एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्दै तोकिएको समय अघि नै आयोजना निर्माणको काम सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिएका हुन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिएका थिए।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई तथा सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी रहेका थिए।
प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर यतिखेर सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिरहनु भएको छ। pic.twitter.com/Le7rf0mnBy
— Kundan Aryal (@TheRealKalamchi) October 23, 2019
Facebook Comment