नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

डिसी नेपाल
६ कार्तिक २०७६ १७:४६

काठमाडौं । नेपालले अन्तराष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ।

वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो।

सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ औँ सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो। सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिए। उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताए।

नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वल्र्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो।




प्रतिक्रिया

One thought on “नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

  1. नेपाली जन हरु , गलत अर्थमा नबोल्नु होला :- अघोरी बाबा भनेको , जोगी होईना। जोगी भनेको , घर घरमा मागेर हिड्छन ( जोगी हरुको काम पनि हो त्यो ) . तर जे मन लागे तेहि नबोल्नुस। (१) बिहे गरे , त्यो पनि नराम्रो होईना (२) यदि , इनकेस , पाण्डे म्याडमले , पहिला पनि बिहे गर्नु भएको थियो भने पनि , त्यसलाई पनि नराम्रो नलिनुस। (3) पाण्डे म्याडम ले मात्रै होईना फेरी बिहे गरेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *