मेस्सीको गोलमा बार्सिलोना विजयी, बनाए यस्तो कीर्तिमान

डिसी नेपाल
७ कार्तिक २०७६ ६:२७

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई हराएको छ ।

बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो । अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढेको थियो । स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ ।

समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *