टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित

डिसी नेपाल
७ कार्तिक २०७६ ६:५१

एजेन्सी । क्यानडाले आईसीसी टी–२० विश्वकप छनोटमा लगातार तेस्रो जीत निकालेको छ । युएइमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको आएरल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रनमा रोकिएको थियो । आयरल्याण्डका स्टुअर्ट थम्सनले नट आउट २८ रन बनाउँदा जर्ज डर्कवेल १० रन बनाएर अन्तिम समयसम्म मैदानमा रहे पनि जीत दिलाउन सकेनन् ।

यस्तै पौल स्टर्लिङले २३ तथा हेरि टम टेक्टरले २२ रन बनाएर आउट भएका थिए । क्यानडाका रोमेश इरांगा र सादविन जफारले दुई–दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो । क्यानडाका लागि नवनित दलिवालले ६९ रन बनाउँदा नितिश कुमारले ५३ रनको योगदान गरे ।आएरल्याण्डका बोइड रानकिनले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *