एएफसी फुटसल छनोट: लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल बाहिरियो

डिसी नेपाल
८ कार्तिक २०७६ ६:३६

काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । छनोट अन्तर्गत बिहिबार भएको खेलमा उज्वेकिस्तानसँग ४–१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

उर्मियास्थित घादिर एरिनामा मनि कुमार लामाले एक गोल फर्काएपनि नेपाल पराजित भयो । यो हारसँगै नेपाल एक खेल बाँकी रहदै छनोटबाट बाहिरिएको छ । छनोटको सेन्टर र साउथ जोनको समूह ‘ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन । नेपाल तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । उज्वेकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई ६–२ ले हराएको थियो । उज्वेकिस्तानको यो लगातार दोस्रो हार हो ।

उज्वेकिस्तान र ताजिकिस्तानले भने छनोटको फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *