सुमी–सन्नीको ‘सरौतो’ सर्यो, अब कार्तिक २९ मा रिलिज हुने

डिसी नेपाल
८ कार्तिक २०७६ ९:२४

काठमाडौं। फिल्म ‘सरौतो’ आफ्नो पूर्व निर्धारित प्रदर्शन मितिबाट पछाडि सरेको छ। कात्तिक २२ गते प्रदर्शन हुने भनिएको फिल्म अब कात्तिक २९ गतेदेखि प्रदर्शन हुनेछ। वितरकहरुसँगको सल्लाह अनुसार फिल्मको प्रदर्शन मितिमा हेरफेर गरिएको निर्देशक हरी हुमागाईँ बताउँछन्।

‘हामीले घोषणा गरेको मितिमा एकसाथ अन्य फिल्म प्रदर्शनमा आउने भएपछि आपसी सल्लाहमै यसको प्रदर्शन मिति हेरफेर गरिएको हो’– हरीले भने ।

कार्तिक ८ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘घामड शेरे’ अन्तिम समयमा आएर कार्तिक २२ मा सरेपछि त्यसको असर ‘सरौतो’मा परेको हो।

ट्रेलर र गीतसंगीत सार्वजनिक गरिसकेको ‘सरौतो’ टीमले भिटेनको गीतलाई सार्वजनिक गर्ने तयारीमा छ। म्युजिक भिडियो र विज्ञापनमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन्।

फिल्ममा सुमी मोक्तान, लियो ट्यांक, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ्ग लगायतको अभिनय छ।

राघव कृष्ण गौतमको लेखन रहेको फिल्मले बदलाको कथा भन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *