प्रहरी समुदाय साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

डिसी नेपाल
८ कार्तिक २०७६ १७:२६

मुगु। नेपाल प्रहरीले विभिन्न समयमा शान्ति सुरक्षाका लागी समुदायसंग हातेमालो गर्दै संचालन गरेका कार्यक्रम मध्ये हालै संचालनमा आएको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुले आफनो तिन महिनामा सम्पादन गरेका कार्य प्रगतीको शुक्रवार सार्वजनिकरण कार्यक्रममा उपस्थित सर्वसाधारण र सरोकारवालाहरुले नेपाल प्रहरीले हालै संचालनमा ल्याएको प्रहरी समुदाय साझेदारी कार्यक्रम प्रभावकारी भएको बताएको हुन्।

नेपाल पत्रकार महासंघ मुगुका सस्थापक अध्यक्ष एवं रेडियो नेपालका मुगु समाचारदाता विनोद कुमार मल्लले यो कार्यक्रम शुरु भएपछि सर्वसाधधारण जनताले पनि प्रहरीको महत्व र आफ्नो भुमिका बारे बुझदै गएको, समय मै आफनो आसपासमा हुने घटनाहरुको सुचना प्रहरीलाई गर्ने गरेको र प्रहरी पनि समयमा नै घटना स्थलमा पुग्ने, टोल टोलमा नियमित गस्तिमा जाने गरेको बताए।

छायाँनाथ रारा नगरपालिकाका उप–प्रमुख सुन्तला रोकायाले स्थानिय तहसंग साझेदारीमा विभिन्न कार्यक्रम गर्न साझेदारीमा हस्ताक्षर भएको र आफनो ०७६/०७७को बजेट तथा कार्यक्रममा जनचेतना जगाउन, प्रहरी चौकीमा शौचालय बनाउन र प्रहरीलाई साधन सो्रत सम्पन्न बनाउन बजेट विनियोजन गरेको र राष्टिय विभिन्न दिवश तथा कार्यक्रममा समन्वय, सहकार्यमा नगरपालिकाले प्रहरी संग कार्यक्रम गदै आएको बताए।

विगत भन्दा ३ महिना यता जिल्लामा अपराधिक घटना नियन्त्रणमा सुधार आएको, लागु औषध तथा मदिरा सेवनमा जनचेतना जगाउने खालका कार्यक्रम प्रहरीले समुदायसंग मिलेर गर्नाले स्थानिय तहमा लागु औषद सेवन र मदिरा सेवककारीको सख्या घट्दै गएको मेलमिलाप केन्द्रका संयोजक प्यारीलाल काफ्ले बताए।

सार्वजनिक कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जिल्लामा बाढी पहिरोबाट २ करोड १५ लाख ८४ हजार बरावरको क्षती भएको, विभिन्न अपराधमा संलग्न १३ जना विरुद्घ मुद्धा दर्ता गरेको, कुटपिट सम्वन्धि केस फारम भएका ३० घटना मध्ये २७ घटना फस्यौट भएको, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्वन्धि ७ निवेदन दर्ता भएको, लागू औषद सम्वन्धि जनचेतना कार्यक्रम ३० वटा, महिला हिंसा १० वटा, बालविवाहका १२ वटा, घरेलुहिंसा ९ वटा, लैगिक १२वटा,मानव वेचविखन ३२ वटा, मादकपदार्थ सेवन विरुद्घ ९ वटा सम्बन्धि निवेदन दर्ता भएको उल्लेख गरे।

बस्ती–बस्ती र टोल टोलमा शान्ति सुरक्षा कायम गरी प्रत्यक्षरुपमा जनतालाई सुरक्षाको अनुभुति गराउन स्थानीय सरकारहरुको साझेदारीमा जिल्ला, नगरपालिका गाँउपालिका, वडा, बस्ती र विद्यालयहरुमा गरि २ सय ३२ वटा प्रहरी समुदाय समिती गठन गरिएको पनि प्रनाउ साहले प्रस्तुत गरेको कार्य सम्पादनमा प्रतिवेदनमा उल्लेख छ।

जिल्लामा सुचनाकोे हक सम्बन्धि सार्वजनिक निकायहरुले कुनै चासो नदिई रहेको बेला जिल्ला प्रहरी कार्यालयले झगझकाएको र सुचना आयोगबाट प्रत्येक ३ महिनामा सरकारी तथा गैर सरकारी कार्यालयहरुले आफना कार्य प्रगती सार्वजिक गर्न लगाउने परिपत्र अनुसार कार्यालयहरुलाई पत्रचार गरिएको र तिहार लगतै त्यसको अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *