प्रधानमन्त्री ओलीले पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

डिसी नेपाल
९ कार्तिक २०७६ ९:५२

बाकु, अजरबैजान । असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए ।

आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *