एएफसी यू–१९ छनोटको बन्द प्रशिक्षणबाट चार खेलाडी बाहिरिए
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू–१९ फुटबल टिमको बन्द प्रशिक्षणबाट चार खेलाडी बाहिरिएको बताएको छ ।
एन्फाले अर्को महिना हुने एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेल्ने खेलाडीको अन्तिम छनोटको तयारीमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीलाई २७ खेलाडीमा झारेका हुन् ।
मुख्य प्रशिक्षक केसीले छनोट गरेको टिममा गोलकिपरतर्फ विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना छन् । यस्तै डिफेन्समा बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन छन् ।
मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेम्जन छन् । फरवार्डमा ब्रिजेश चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा र दिपेश आले मगर छन्। एन्फाले प्रारम्भिक रुपमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
दशै लगत्तै प्रशिक्षक केसीले प्रशिक्षण सुरु गरेका थिए । पहिलो चरणको छनोटबाट १७ खेलाडी बाहिरिएका थिए । नेपालले अर्को महिना ईरानमा एएफसी च्याम्पिनसिपको छनोट खेल्दैछ। समुह डीमा रहेको नेपालले युएई, ईरान र कीर्गिस्तानसंग खेल्नेछ ।
Facebook Comment